काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको आम माफीका लागि तयारी गरिएको छ । चौधरीलाई आम माफी दिने फाइल गृह मन्त्रालयबाट मन्त्रिपरिषद हुँदै राष्ट्रपति कार्यालय पठाइएको छ ।
महान्यायाधीवक्ता कार्यालयको रायको आधारमा गृहले सो फाइल थप प्रक्रियाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको गृह उच्च स्रोतले लोकपथलाई जानकारी दियो । ‘सांसद अरुणकुमार चौधरीको फाइल थप प्रक्रियाको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ ।’ स्रोतले भन्यो ।
मन्त्रिपरिषद्मा समेत सो विषयमा छलफल उक्त फाइल राष्ट्रपति कार्यालय पठाइएको हो । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिले केही कैदीबन्दीको रिहाइ गर्दैछिन् । जसअनुसार सांसद चौधरीको रिहाइको लागि उक्त फाइल राष्ट्रपति कार्यालय पठाइएको हो । आम माफी दिने वा नदिने भन्नेबारे अन्तिम निर्णय भने राष्ट्रपतिबाट हुनेछ ।
गत निर्वाचनमा चौधरी कैलाली क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनीमाथि ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजायको फैसला सुनाइएको थियो । त्यससँगै उनी हाल कारागारमा रहेका छन् । राष्ट्रपतिको निर्णयबाट उनले आम माफी पाएमा उनको सांसद पद पुनर्बहाली हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया