काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा आज पनि नेताहरुले धारणा राखिरहेका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहानदेखि सुरु भएको बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी रहेको हो ।
शुक्रबारसम्म ४१ जना सदस्यले धारणा राखेका छन् । आज बाँकी सदस्यले धारणा राखेसँगै बोल्नेक्रम सकिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेकपाको ४५ सदस्यीय स्थायी कमिटी रहेको छ । सदस्यहरूले धारणा राख्नेक्रम सकिएसँगै पार्टी अध्यक्षद्वयले बैठकमा उठेका प्रश्नको जवाफ दिनेछन् ।
सदस्यले धारणा राखेर सकिएपछि सम्भवतः आइतबार नभए सोमबार बस्ने बैठकमा अध्यक्षद्वयले जवाफसहितको धारणा राख्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया