राष्ट्रसंघको शान्ति निर्माण परिषद्को सदस्यमा नेपाल दुई वर्षका लागि निर्वाचित

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति निर्माण परिषद्को सदस्यमा नेपाल सर्वसम्मत चयन भएको छ । 

न्यूयोकस्थित नेपाली स्याथी मिशनले उल्लेख गरेका अनुसार नेपाल राष्ट्रसंघको महासभा श्रेणीमा आगामी दुई वर्षका लागि निर्वाचित भएको हो । 

नेपालसहित ईजिप्ट, ग्वाटेमाल, केन्या र मेक्सिको पनि निर्वाचित भएको हो ।

अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि योगदान पुर्याएको नेपाल एसिया प्रशान्त क्षेत्रबाट सर्वसम्मतले निर्वाचित भएको हो ।

राष्ट्रसंघको शान्ति सेनामा खटिने प्रहरी र सेना मध्ये नेपाल ५ औँ स्थानमा छ ।

त्यस्तै नेपालले सन् २००८ देखी २०१० र सन् २०११ देखी २०१५ सम्म पनि शान्ति प्रक्रिया परिषद् सदस्यका रुपमा सेवा गरेको थियो ।

यसैगरी नेपालले सन् २०१० मा परिषद्को अध्यक्ष समेतको जिम्मेवारी सम्हालेको थियो ।

सन् २००५ मा स्थापना भएको शान्ति निर्माण परिषद्मा ३१ सदस्यीय रहेका छन् । यसको मुख्य उद्देश्य हिंसा पछि मुलुकहरुको शान्ति स्थापना रहेको छ । 

शान्ति निर्माण परिषद्ले दिगो शान्ति स्थापनाका लागी राष्ट्रसंघीय सुरक्षा परिषद् सुझाव दिने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?