कस्तो छ चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्था ?

लोकपथ
294
Shares

काठमाडौं । ग्यास विस्फोटनमा परि घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

हाल उनको भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरको आईसीयु कक्षमा राखेर उपचार भइरहेको छ ।

शुक्रबार (आज) बिहान ९ः३० बजे उपचारमा संलग्न डा. मुकेश मिस्राको काउन्सेलिङ अनुसार स्वास्थ्य अवस्था स्थिर नै रहेको बताएका छन् । भने केही बेरमा उनको सर्जरीको तयारी भइरहेको छ ।

अस्पतालमा भण्डारीको साथमा रहेका योगराज कँडेलले दिएको जानकारी अनुसार उमेरको कारण ४८ घण्टासम्म पनि रिस्क नै रहनेछ । भने हाल उनको शारिरीक पारामिटर नर्मन नै रहेको छ ।

शुरुमा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको भण्डारीलाई चिकित्सकहरूको सल्लाहबमोजिम थप उपचारका लागि मुम्बई लगिएको हो ।

भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान किर्तिपुर अस्पतालका चिकित्सकहरुले सिफारिस गरेका थिए । भण्डारीको अनुहारमा आगोले पोलेका कारण त्यसले श्वासनलीमा असर पुर्‍याएको छ ।

सांसद भण्डारीसँगै जलेकी ८९ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?