भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौंमा

लोकपथ
104
Shares

काठमाडौं । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन् । काठमाडौं आउनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग छन् ।

नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरुले भाग लिनेछन् ।

त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरु सहभागी हुनुहुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । सैनिक मुख्यालय जंगीअड्डामा यही फागुन ७ गते प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उनीहरुको भेटघाट र छलफल हुनेछ ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सोही दिन साँझ जंगीअड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरुको सहभागिता रहनेछ । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । नेपाली सेनाले यस वर्ष २६० औँ स्थापना दिवस मनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?