प्रधानसेनापतिद्वारा युनिटी जर्नलको चौथो संस्करण विमोचन

लोकपथ
78
Shares
e”k” ;}lgs ;Dd]ngdf k|wfg;]gfklt zdf{ wgu9L, !) r}tM k|wfg;]gfklt k|e’/fd zdf{ laxLaf/ ejfgL bn u0f t]3/L Aof/]sdf cfof]lht e”tk”j{ ;}lgs ;Dd]ng pb3f6g ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/M z]/axfb’/ l;+x÷/f;;

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६० औँ वार्षिकोत्सवका अवसरमा नेपाली सेनाले चौथोपटक प्रकाशन गरेको सामरिक लेख–रचनाको संग्रह युनिटी जर्नलको चौथो संस्करणको आज विमोचन गरेका छन् ।

बौद्धिक वर्ग, प्राध्यापक र शोधकर्ताहरूलाई सहभागी गराई राष्ट्रिय महत्त्वका सामरिक विषयमा आधारित रही सञ्चालन गरिएको खुला सामरिक लेख–रचना प्रतियोगितामा उत्कृष्ट २६ लेख रचना जर्नलमा समावेश गरिएको छ ।

जर्नलमा प्रकाश विष्ट, अवकाशप्राप्त मानार्थ उपरथी पदमबहादुर सिंह र डा हिन्दूसंस्कृति कार्कीको लेख–रचना क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति शर्माले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय घोषित लेखका स्रष्टालाई क्रमशः रु दुई लाख, रु एक लाख ५० हजार र रु एक लाख नगद पुरस्कार तथा कदरपत्र प्रदान गरे । सेनाले पछिल्ला वर्षमा सेना दिवसका अवसर पारेर युनिटी जर्नल प्रकाशित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?