सोलुको सदरमुकामबाट गाई काट्दै गर्दा चारजना पक्राउ

लोकपथ
104
Shares

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा गाई काट्दै गर्दा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महाकुलुङ गाउँपालिका–५ का ३७ वर्षीय राजकुमार राई, निजकी श्रीमती ३९ वर्षीया अस्तीकुमारी राई, ४० वर्षीया फुलमाया रसाइली र निजका छोरा २१ वर्षीय प्रेम रसाइली रहेका छन् ।

उनीहरू सोलुदूधकुण्ड नगरपालिका–५ क्याम्पस टोलबाट पक्राउ परेका हुन् । गाई काट्दै गरेको भन्ने स्थानीयबासीले दिएको गोप्य सूचनाका आधारमा उनीहरूलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

पक्राउ परेका चारैजना सदरमुकाम सल्लेरीमै कोठा भाडामा लिएर बस्दै आएको खुल्न आएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?