१४ मङ्सिर २०८०, बिहीवार

यी ८ निर्वाचन क्षेत्रमा रोचक भिडन्त, नुवाकोट पनि पर्यो

२०७४,कार्तिक,६,सोमवार ०२:१९

9
Shares

काठमाडौँ, ६ कात्तिक – आगामी १० मंसिरमा हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ८०२ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेश सभाका लागि ४८२ ले उम्मेदवारी दिएका छन् । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । पहिलो चरणको निर्वाचनमा ३२ जिल्लाबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभा ७४ गरी १११ सिटका लागि प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगले आइतबार शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको जनाएको छ, नयाँ पत्रिकामा खबर छ ।यी  क्षेत्रमा रोचक भिडन्त गोरखा–२ : लोकतान्त्रिक गठबन्धनका डा. बाबुराम भट्टराई र वाम गठबन्धनका नारायणकाजी श्रेष्ठसिन्धुपाल्चोक–१ : वाम गठबन्धनका तर्फबाट अग्नि सापकोटा र लोकतान्त्रिक गठबन्धनका सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसिन्धुपाल्चोक–२ : लोकतान्त्रिक गठबन्धनका पशुपतिशमशेर राणा र वाम गठबन्धनका शेरबहादुर तामाङलमजुङ : वाम गठबन्धनका देव गुरुङ र लोकतान्त्रिक गठबन्धनका दिलबहादुर घर्तीनुवाकोट–१ : वाम गठबन्धनका हितबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनका रामशरण महतनुवाकोट–२ : लोकतान्त्रिक गठबन्धनका अर्जुननरसिंह केसी र वाम गठबन्धनका नारायणप्रसाद खतिवडाओखलढुंगा : वाम गठबन्धनका यज्ञराज सुनुवार र लोकतान्त्रिक गठबन्धनका रामहरि खतिवडाजाजरकोट : वाम गठबन्धनका शक्ति बस्नेत र लोकतान्त्रिक गठबन्धनका राजीवविक्रम शाह

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार ०२:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

दोस्रो एनटीए लिग आजदेखि हुँदै
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३९
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३५
यस्तो छ आजको विनिमयदर
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३१