काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।
१७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका छन् । एक अध्यक्षका लागि ५ जना र चार उपाध्यक्षका लागि १६ जना, १ महासचिवका लागि पाँचै जना उम्मेदवार बनेका छन् । यस्तै सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् ।
६ खुला सचिवका लागि ४८ जना, ३ महिला खुला सचिवका लागि १० जना र १ खुला समावेसी सचिवका लागि ४ जनासहित कुल १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा छन् । यस्तै कोषाध्यक्षका लागि चार जना सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल प्रतिस्पर्धामा छन् । अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन प्रतिस्पर्धामा छन् ।
यस्तै महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् । १७ पदाधिकारीसहित स्थायी कमिटी र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ ।
महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्नेछ । महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन् ।
यस्तै निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबारदेखि शुरु भएको महाधिवेशन बिहीबारसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया