काठमाडौं। गएराति घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजान अस्पतालले सुझाएको छ ।
काठमाडौं बुद्धनगरस्थित घरमा बुधवार राति भएको विस्फोटमा परी जलेर गम्भीर घाइते भएका आमाछोराको उपचार कीर्तिपुर बर्न अस्पतालमा भइरहे पनि अस्पतालले अवस्था जटिल रहेको जनाएको छ ।
भण्डारीको २५ प्रतिशत मात्र शरीर जलेको भए पनि फोक्सोमा धुँवा पसेकाले अवस्था जटिल रहेको अस्पतालले जनाएको हो । आमाछोरा दुबै जनाको अहिले आइसियुमा उपचार भइरहेको छ ।
७० प्रतिशत शरीर जलेको आमाको अवस्था भने झनै गम्भीर रहेको छ । फोक्सोमा नै असर गरेकाले नेता भण्डारीलाई तत्काल भारत लैजान अस्पतालले सुझाएको हो ।
परिवारका सदस्यका अनुसार बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएपछि ८९ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट भएको र उनलाई बचाउन चन्द्र पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया