अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक

लोकपथ
39
Shares

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए ।

निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता र बिहीबार निर्वाचनको समय तोकिएको छ । आज मतदाता नामावली सार्वजनिक, उम्मेदवार दर्ता र बिहीबार निर्वाचनको समय तोकिएको उनले बताए । आज दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता, साँझ ६ बजे देखि ७ बजेसम्म उम्मेदवारी दर्ता फिर्ताका लागि समय तोकिएको छ ।

यस्तै भोलि फागुन ४ गते बिहान ९ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि सहमतिको प्रयास भइरहेको जानकारी दिइन् । नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव बडाल रहेका छन् ।

महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्नेछ । महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन् ।

यस्तै निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबारदेखि शुरु भएको महाधिवेशन बिहीबारसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?