ललितकला प्रतिष्ठानको कूलपतिमा नारदमणि हार्तम्छाली (सूचीसहित)

लोकपथ
21
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल ललितकला प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ । संस्कृतिमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेका हुन् ।

प्रतिष्ठानको कूलपतिमा मूर्तिकार नारदमणि हार्तम्छाली नियुक्त भएका छन् भने उपकूलपतिमा पेन्टर लालकाजी लामालाई नियुक्त गरिएको छ । कूलपतिको भोलि बिहान ७ बजे सपथ ग्रहण हुनेछ । त्यस्तै, परिषद् सदस्यमा पाल्साङ््मो लामा, प्रदीप अधिकारी (सुसान्त), सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ र सचिवमा देबेन्द्रकुमार काफ्लेलाई चयन गरिएको छ ।

प्राज्ञहरूमा प्रदीप अधिकारी, सौरगंगा अधिकारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, देवेन्द्रकुमार काफ्ले नियुक्त भएका छन् । साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।

हेर्नुहोस् पदाधिकारीको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?