कानुनका छिद्र देखाएर जनतालाई दुःख नदिनुस् : मन्त्री मोदी

लोकपथ
39
Shares
kf6g, # kmfu’gM gjk|j]zL zfvf clws[tx?sf] cfwf/e”t k|zf;g k|lzIf0f z’ef/De ;df/f]x ;ª3Lo dfldnf tyf ;fdfGo k|zf;g dGqL cdgnfn df]bL g]kfn k|zf;lgs k|lzIf0f k|lti7fg hfpnfv]ndf a’waf/ cfof]lht lghfdtL ;]jfdf gjk|j]zL zfvf clws[tx?sf] #^cf}F cfwf/e”t k|zf;g k|lzIf0f z’ef/De ;df/f]xdf dGtJo JoQm ug'{x’Fb} . tl:a/M dfwjk|;fb l3ld/]÷/f;;

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग अन्तर्क्रिया गरेको छ ।

परिणाममुखी कामका लागि भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आज महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेका हुन् । छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृतहरुले कार्यसम्पादनका क्रममा आफूहरुले भोगिरहेको कानुनी जटिलता लगायतका विषयमा धारणा राखे ।

त्यससँगै आआफ्नो पालिकामा सञ्चालन भइरहेको काम, प्राप्त उपलब्धि र अनुभव पनि आदानप्रदान गरे । छलफलमा निर्देशनात्मक मन्तव्य राख्दै मन्त्री मोदीले सेवाग्राहीलाई प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न निर्देशन दिए । राष्ट्रसेवक कर्मचारीहरुले सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको गुनासो बढिरहेको बताउँदै मन्त्री मोदीले जनतालाई कसरी सहज र सरल ढंगबाट सेवा प्रदान गर्ने भन्नेतिर ध्यान दिन निर्देशन दिए ।

‘कानुनका छिद्र देखाएर सेवाग्राहीहरुलाई राष्ट्रसेवक कर्मचारीहरुले अनावश्यक दुख दिने गरेको गुनासो सुनेको छु, प्रधानमन्त्रीज्युले पनि यो समस्या हटाउँछु भनेर संसदमा भन्नुभएको छ’ उनले भने, ‘कानुनका छिद्र देखाएर जनतालाई दुख दिने नियत नराख्नुहोला, कानुनसम्मत कामहरु प्रभावकारी ढंगले सम्पादन गर्न म निर्देश गर्न चाहन्छु ।’

अन्तर्क्रियामा प्राप्त समस्या र सुझावहरुलाई मन्त्रालयले कार्ययोजना बनाएर प्रभावकारी कार्यसम्पादनको वातावरण बनाउने पनि मन्त्री मोदीको भनाइ थियो । छलफलमा मन्त्रालयका सचिव कृष्णहरी पुस्करले कानुनभन्दा बाहिर गएर कुनैपनि निर्णय नगर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?