काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विदेशी नेता र उच्च पदस्थ कर्मचारीहरुको भ्रमणबारे जानकारी गराउन सरकारसँग माग गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ‘कुनै देशको कर्मचारी तहको व्यक्तिले प्रधानमन्त्रीसँग औपचारिक भेटवार्ता गरेपछि फेरि लामो गोप्य वार्ता गर्ने संसारको कुनै स्वाधीन र सार्वभौम देशमा चलन छ ?’, भन्दै प्रश्न गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्- ‘अमेरिकी एवं भारतीय नेता र उच्च पदस्थ कर्मचारीहरुको नेपालमा एक पछि अर्को भ्रमण भइरहेको छ । ती भ्रमणमा नेपाल सरकारको वार्ताको कार्यसूचि के हो र वार्ताको परिणाम के भयो, कतै पारदर्शी छैन । अझ विदेशी सरकारका कर्मचारी तहका व्यक्तिले राजनीतिक दलका नेताहरुसंग पालैपालो भेटवार्ता गरेको समाचार आयो । कुनै देशको कर्मचारी तहको व्यक्तिको भ्रमणमा देशका विभिन्न राजनीतिक दलका नेताहरुसंग भेटवार्ता गर्ने तथा प्रधानमन्त्रीसंग औपचारिक भेटवार्ता गरिसकेपछि फेरी लामो गोप्य वार्ता गर्ने संसारको कुनै स्वाधीन र सावैभौम देशमा चलन छ कि ? कसैले मलाई उदाहरण देखाइ दिए कृतज्ञ हुने थिएँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया