कांग्रेसको लोकतन्त्रमाथि प्रश्न गरेका ओलीलाई प्रदीप पौडेलले गरे प्रतिप्रश्न

लोकपथ
112
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तीप्रति प्रतिवाद गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले आफ्नो पार्टीको लोकतन्त्रमाथि ओलीले प्रश्न गरेको भन्दै प्रतिवाद गरेका हुन् ।

तुलनात्मक रुपमा एमाले भन्दा कांग्रेस लोकतन्त्रवादी रहेको भन्दै उनले एमालेकै लोकतन्त्रमाथि प्रश्न रहेको बताए । ‘गएको संसदीय दलको चुनावमा मैले सभापतिलाई भोट हालिन । तर, उहाँले मलाई सुत्रुतापूर्ण व्यवहार गर्नुहुन्न ।’ उनले भने । ‘म एमाले अध्यक्ष ओली लाई सोध्न चाहन्छु । भीम रावल कहाँ हुनुहुन्छ ? घनश्याम भुसाल कहाँ हुनुहुन्छ ?’ उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?