नेपालका सडकहरूलाई वधशाला हुनबाट जोगाउनुपर्छ : योगेश भट्टराई

लोकपथ
52
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको सडक वधशाला भइरहेकाले त्यसलाई रोकेर जीवनशाला बनाउन जरुरी रहेको बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका भट्टराईले भने, ‘नेपालको संविधानमा राज्यको निर्देशक सिद्धान्तमा उल्लेख भएको छ ।

गुणस्तरीय तथा दीगो भौतिक पूर्वाधार उच्चस्तरीय सडक विस्तार, यातायात क्षेत्रको सुरक्षित, व्यवस्थित तथा अपांगमैत्री सडक यी कुराहरु संविधानको राज्यको निर्देशक सिद्धान्तमा उल्लेख भएको छ । सभामुख महोदय मैले आज हाम्रो देशको सडक अवस्थाको बारेमा सभामुख मार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन समय मागेको छु ।’

विश्वमा सडक दुर्घटनाबाट अकाल मृत्यु हुनेका कारण आठौँ नम्बरमा पर्छ । तर, नेपाल अकालमै मृत्यु हुने विभिन्न कारणमध्ये सडक दुर्घटना पहिलो हो । डब्लुएचओको तथ्यांकमा नेपालमा झण्डै वार्षिक चार हजार भन्दा धेरै मानिसहरु सडक दुर्घटनाबाट मृत्यु भएका छन् । नेपाल प्रहरीको ट्राफिक स्रोतले झण्डै तीन हजार मानिसहरु सडक दुर्घटनाबाट मृत्य भएको तथ्यांक दिइरहेको छ ।

यसरी नेपाल अकालमा मृत्य हुने कारणमध्ये सडक दुर्घटना पहिलो कारण बनिरहेको छ । सडक दुर्घटनाबाट नेपालले वार्षिक ३ प्रतिशत जीडीपी गुमाइरहेको तथ्यांकबाट देखिरहेका छौँ ।’

भट्टराईले भने, ‘सडक जीवनशाला हो । नेपालका सडकहरूलाई वधशाला हुनबाट जोगाउनुपर्छ । जीवनशाला बनाउनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’ नले सडक विभागले सडक बनाउने र त्यसको गुणस्तर उसैले जाँच्ने र यातायात व्यवस्था विभागले लाइसेन्स आफै जाँच्ने दुनियाँमा कहीँ नभएको व्यवस्था नेपालमा भइरहेको बताए ।

उनले रोड सेप्टी काउन्सिल गठन गर्न माग गर्दै यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताए । साथै उनले नेपालमा दुई पाङग्रे सवारी साधनमा ७० प्रतिशत मृत्यु हुने गरेको भन्दै यस्ता विषयमा छलफल गर्न जरुरी रहेको बताए ।

‘अटो ल्यान्डको निर्माण गर्ने, यातायात क्षेत्रका श्रमिकहरूलाई उचित ढङ्गले सम्बोधन गर्ने, भेहिकल टेस्टिङ सेन्टरहरूको निर्माण गर्ने, सडक पूर्वाधारको विकास गर्ने, सडक बीमा र दुर्घटनापछिको उद्धार उपचार र पुनर्स्थापनाजस्ता पक्षहरूमा ध्यान दिँदै सडक मान्छेको जीवनयापनको सजिलो माध्यम हो’, भट्टराईले भने, ‘सडक जीवनशाला हो ।

नेपालका सडकहरूलाई वधशाला हुनबाट जोगाउनुपर्छ ।जीवनशालाबनाउनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?