महाभियोग र सर्वोच्चको नेतृत्वको अनिर्णयप्रति कांग्रेस नेता केसीले उठाए सदनमा प्रश्न

लोकपथ
39
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा एक वर्षदेखि रिक्त रहेको प्रधान्यायाधीशको नियुक्ति र महाभियोग प्रस्तावका विषयमा सरकार गम्भीर बन्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठक शुरु हुने बित्तिकै सभामुखसँग समय माग गरेर नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाअभियोगको प्रस्तावमा के भइरहेको छ भनी प्रश्न गरेका थिए ।

केसीले जनताको सार्वभौमताको संरक्षक अदालत कायम मुकायमको भरमा चलेको भन्दै सरकार गम्भीर नभएको टिप्पणी गरे । उनले निवर्तमान प्रधान्यायाधीश चोलेन्द्रशमशेरको महाभियोग प्रस्ताव अझै नटुंगिएको बताए ।

नेपाली कांग्रेसले प्रधानन्यायाधीश नियुक्ति प्रत्रिया अगाडि बढाउन आग्रह गरेको छ । ‘सर्वोच्च अदालत वर्षदेखि कामुको नेतृत्वमा छ । यसप्रति सरकारको ध्यानाकर्षण होस् । सरकारले न्यायलयलाई पूर्णता दिने काम तत्काल गरोस्’, उनले भने । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लागेपछि सर्वोच्च अदालत कायम मुकायमको नेतृत्वमा छ ।

जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग दर्ता भएको थियो । उनीविरुद्धको महाअभियोग टुंगो नलागी उनी निलम्बनकै अवस्थामा अवकाश पाइसकेका छन् । तर, न्यायालयले प्रधानन्यायाधीश पाउन सकेको छैन ।

यसबीचमा दीपककुमार कार्की दुई हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश भइसकका छन् । लामोसमय देखि सर्वोच्च अदालत नेतृत्वबिहीन रहेको र प्रधानन्यायाधीशको सिफारिस प्रक्रिया अगाडि नबढेको भन्दै कांग्रेस सांसद केसीले प्रश्न उठाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?