कांग्रेसमा विवाद मिल्यो : पदाधिकारी संख्या १३ पुग्ने

काठमाडौं । नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पदाधिकारी संख्या र निर्वाचन पद्धतिको विवादमा सहमति जुटेको छ । सहमतिसँगै कांग्रेसमा अब पदाधिकारी संख्या १३ पुग्ने भएको हो ।

कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक कोषाध्यक्ष र सात सहमहामन्त्री रहने गरी शीर्ष तहमा सहमति भएको हो ।

लामो छलफलपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्याउने सहमति गरेका हुन् भने उपसभाति, महामन्त्री २-२ जना हुनेछन् । यस्तै समहामन्त्री ७ जना रहनेछन् ।

कोषाध्यक्ष र थप एक जना प्रवक्ता सभापतिले मनोनयन गर्ने सहमति भएको छ ।

सहमतिसँगै अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजाने छ । केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?