काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् । आज बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रवक्ता महतले सरकारसँग घटनाका दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
‘काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दुरदराजको स्थिति के होला ?’ प्रवक्ता महतले भने ।
उनले वास्तविक मजदुरका जायज माग सम्बोधन गर्दै अराजक बसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्नुपर्ने बताए ।
कांग्रेसका अर्का सांसद शंकर भण्डारीले पनि घटनाको शत्यतथ्य छानविनको माग गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि बसपार्कमा भएको तोडफोड र लुटपाटका दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया