माधव नेपाल भन्छन्–एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुन्छ

लोकपथ
52
Shares
????? (?????? ????????) ?? ??????? ????????? ????? ???????? ?????? ?????????? ???????? ???? ??????? ??????? ?????? ?????? ???????????? ??????? ?????????? ? ?????? ? ?????????? ?????÷????

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाइए देश बर्बाद हुने दाबी गरेका छन् ।

एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेकाले राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने जिकीर उनले गरेका हुन् ।
आज बिहान पोखरामा पत्रकारहरुसँग उनले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने प्रष्ट गर्दै भने, ‘अरु पार्टीलेजस्तो हारे पनि, जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं ।’

यसैगरी नेता नेपालले मेची किनारबाट प्रतिगमनको यात्रा शुरु हुन लागेको संकेत मिलेको भन्दै त्यसप्रति सतर्क रहँदै प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न आह्वान गरे ।

संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको भन्दै नेपालले भने, ‘प्रतिगमनको पक्षमा कोको ? अग्रगमनको पक्षमा उभिने कोको ? अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौं ।’

पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारबाट थालिएको राजतन्त्र फर्काउने उदघोष सहितको दुर्गा प्रसाईंको कार्यक्रमप्रति उनले यस्तो बताएका हुन् ।

वर्तमान सत्तागठबन्धनलाई ‘खिचडी गठबन्धन’को संज्ञा दिंदै नेपालले संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध नरहेको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?