जनताले महसुस गर्ने गरी विकासका गतिविधि अगाडि बढाउँछौँ : मुख्यमन्त्री जम्कट्टेल

लोकपथ
26
Shares
eQmk’/, @ kmfu’g . afudtL k|b]zsf d’VodGqL zflns/fd hDs§]n;Fu g]skf dfcf]jfbL s]Gb| dWok’/lyld gu/ sld6Ln] dªunaf/ cfof]hgf u/]sf] ;Ddfg sfo{qmddf s’/fsfgL ub}{ sld6Lsf ;efklt Pj+ dWok’/lyld gu/kflnsfsf pkk|d’v ljho >]i7 . tl:a/ M /d]z lu/L÷/f;;

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले जनताले देख्ने र महसुस गर्ने गरी विकासका कामलाई अगाडि बढाउने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले मध्यपुरथिमिमा आज आयोजना गरेको मुख्यमन्त्री र प्रदेश सांसदलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले भक्तपुरको आवश्यकता पहिचान गरेर विकासका योजना माग गर्न आग्रह गरे ।

शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादनलगायत क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री जम्कट्टेलको भनाइ थियो । ‘प्रदेश सरकारले नेपाल भाषा र तामाड भाषालाई कामकाजी भाषा बनाउने निर्णय गरेको छ, चालू आर्थिक वर्षमा लागू गर्ने गरी प्रदेशसभाले कानुन बनाएर कार्यान्वयनमा लैजाने तयारी गरेको छ’, उनले भने ।

कार्यक्रममा माओवादी केन्द्रका नेताहरु दिलीप प्रजापति, देवेन्द्र श्रेष्ठ र डिपी ढकाल मध्यपुरथिमि नगर सभापति एवं नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले जिल्लाको विकास तीव्र गतिमा गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?