काठमाडौं । नेकपा स्थायी समिति बैठकमा आज पनि नेताहरुले धारणा राख्ने क्रम जारी छ ।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा बिहान साढे ८ बजे देखि सुरु भएको बैठकमा नेताहरुले बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखिरहेका छन् ।
मंसिर २९ देखि जारी स्थायी समितिको बैठक नेताहरुको धारणा राख्ने क्रम नसकिएकाले अझै केही दिन लम्बिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थायी र पदेन गरी ५१ सदस्यीय स्थायी समितिमा ३४ सदस्यले धारणा राखिसकेका छन् ।
एक दिनमा १० जना भन्दा धेरैले बोल्ने स्थिति नरहेपछि बैठक लम्बिने देखिएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को कार्य व्यस्तताका कारण बैठक बिहान ८ बजे आयोजना भई ११ बजे सकिने गरेको प्रवक्ता श्रेष्ठले बताए ।
प्रतिवेदनमाथि नेताहरुको धारणा राख्ने क्रम सकिएपछि अध्यक्षदवय ओली र प्रचण्ड दुवैले जवाफ दिनेछन् । बैठकमा बोल्ने धेरैजसो नेताले सरकार र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया