हवाई रुट खुलाउनमा सहयोग गर्न क्वात्रालाई आग्रह

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि सहयोग गर्न भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग आग्रह गरेका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका नेता खाणसँग सचिव कोत्रा भेट्न गएको बेला सो आग्रह गरिएको हो । नेपाल भ्रमण्मा रहेका क्वात्रा आज नेता खाणसँग भेटेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमण आएको बेला थप हवाई रुटबारे पहल गर्ने आश्वासन दिएको स्मरण गराउँदै नेता खाणले त्यसका लागि पहल गर्न सचिव क्वात्रालाई आग्रह गरिएको भारतीय दूतावास स्रोतले जनाएको छ ।

उनले सो भेटघाटमा लुम्बनी विकास कोषको गुरुयोजनाको बारेमा पनि स्मरण गराएका थिए । भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण उनले गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?