काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता गराउन माग गरिएको छ ।
आज एकीकृत समाजवादी निकट अनेरास्ववियूले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख डा. पशुपति अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
अनेरास्ववियू महासचिव आरती लामाको टोलीले ज्ञापनपत्र बुझाउँदै सो माग गरिएको हो ।
संविधानमा हरेक क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरिएको अवस्थामा स्ववियु निर्वाचनमा समेत ५० प्रतिशत महिला सहभागिताको माग गरिएको हो ।
‘आज नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य अथवा ३३ प्रतिशत सुनिश्चित गरेको अवस्था छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसकारण त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र ५ गते सम्बन्धन प्राप्त क्याम्पसहरुमा घोषणा गरेको स्ववियु निर्वाचनमा पनि कम्तिमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराउँदै ५० प्रतिशत महिला अनिवार्य सहभागिता हुनुपर्ने विषयमा हाम्रो संगठन अनेरास्ववियू जोडदार माग गर्दछ।’
आगामी चैत ५ गतेका लागि त्रिविले स्ववियु निर्वाचनको तिमि तोकेको छ । हाल स्ववियु प्रत्यक्ष र समानुपातिक गरि मिश्रित प्रणालीमा निर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया