प्रधानमन्त्री र मुख्यमन्त्री अधिकारीबीच भेट : ८ बुँदामा छलफल, समान निष्कर्ष

लोकपथ
35
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटघाट भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री र मुख्यमन्त्रीबीच भेटघाट भएको हो ।

भेटघाटको क्रममा प्रदेश सरकार सञ्चालनमा देखा परेको समस्या समाधानका लागि गम्भीर छलफल भएको मुख्यमन्त्री अधिकारीले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै सो कुरा जानकारी दिएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ ज्यूसँग प्रदेश सरकार यसको सञ्चालनमा देखा परेका समस्या समाधानका लागी गम्भीर छलफल भएका छन् ।’ उनले भने ।

त्यसैगरी भेटघाटको क्रममा विभिन्न ८ बुँदा विषयलाई केन्द्रीत रहेर छलफल गरेको र दुवैको समान निष्कर्षमा पुगेको बताए ।

‘आठवटा बुँदामा विषयलाइ केन्द्रीत गरेर भएका छलफलमा हामी दुवैजना समान निष्कर्षमा पुगेका छौँ ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?