काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रैबाट प्रहार भएको कारण दुई तिहाइ नजिकको सरकार जोगाउन नसकेको जिकिर गरेका छन् ।
मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा अनेरास्ववियुको २३औँ महाधिवेशनलाई उद्घाटन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
ओलीले कम्युनिष्ट आन्दोलनाई उत्कर्षमा पुर्याउँदै दुई तिहाइ नजिक मत पाएको सरकारलाई असफल बनाउन पार्टी भित्रैबाट लागेको कारण त्यसलाई टिकाउन नसकेको दाबी गरे ।
‘हामीलाई घेराबन्दीमा पारिएकै हो । हामीले नेपालमा कम्युनिष्टलाई झण्डै दुई तिहाइको स्थितीमा पुर्याएको थियौँ । त्यही स्थितीलाई जोगाउन सकिएन ।’ उनले भने, ‘बाहिरैबाट प्रहार भो, भित्रैबाट प्रहार भयो । बाहिरको प्रहारलाई त हामीले सहेका थियौँ । भित्रैबाट प्रहार बढी भएपछि हामीले त्यसलाई जोगाउन सकेनौँ ।’
पार्टी विभाजन भएका बेला युवा विद्यार्थीहरुले सहयोग गरेको भन्दै प्रशंसा समेत गरेका थिए । भोलिका दिनमा पनि त्यहि अनुसार पार्टीलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया