एमाले राष्ट्रियताको प्रतीक भएको ओलीको दाबी

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले राष्ट्रियताको प्रतीक भएको दाबी गर्दै यसले स्वाधीनता, गौरव र स्वाभीमानको प्रतिनिधित्व गर्ने जिकीर गरेका छन् ।

काठमाडौंमा एमालेनिकट अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले राष्ट्रियताको रक्षक रहेको र साँचो प्रतिनधि भएको दाबी गरे ।
एमाले सत्ता पाउन र टिकाउनका लागि राष्ट्रिय हित, स्वाभीमान र गौरवलाई छाडेर लत्रिएर नजाने पनि बताए ।

उनले भने, ‘हामीले हाम्रो देशको मातृभूमिको रक्षा गर्नु छ । मान्छेको स्वतन्त्रता, हक अधिकारको रक्षा गर्नु छ ।’

उनले आज मानिस जैविक र मानवीय आवश्यकताको परिपूर्तिबाटै बन्चित भएको भन्दै यो सानो विषय नभएको पनि उल्लेख गरे ।

उनले विद्यार्थीहरुलाई एमालेले लिएको पथ अँगाल्न आग्रह गर्दै एमाले देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक मूल्य पद्धतिको दल भएको पनि उल्लेख गरे ।

एमालेले उत्कृष्ट लोकतान्त्रिक पद्धति अँगाल्दै आफ्ना महाधिवेशनहरु सम्पन्न गरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?