उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

लोकपथ
39
Shares
pkk|wfgdGqL >]i7;Fu ljb]z ;lrj Sjfqf e]6 sf7df8f}F, @ kmfu’gM pkk|wfgdGqL Pj+ ef}lts k”jf{wf/ tyf oftfoftdGqL gf/fo0fsfhL >]i7;Fu dªunaf/ dGqfnodf lzi6frf/ e]6jftf{ ug'{x’Fb} g]kfn e|d0fdf /xg’ePsf ef/tsf ljb]z ;lrj ljgodf]xg Sjfqf . tl:a/ M rG›snf If]qL÷/f;;

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । दुई दिने भ्रमणमा आएका क्वात्राले मंगलबार बिहान उपप्रधानमन्त्री श्रेष्ठसँग मन्त्रालयमै शिष्टाचार भेट गरेका हुन् । भेटवार्ताका क्रममा उनीहरुबीच रक्सौल– कामाडौं रेल्वेबारे प्रारम्भिक छलफल भएको छ ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेलवे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धि–सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा कुरा राखेको उनको सचिवालयले जनाएको छ । भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय राखेका थिए ।

जयनगर–कुर्था रेलको सञ्चालन भारतीय कम्पनी ‘केआरसिएल’ ले गर्दै आएको छ । त्यसको म्याद सकिन लागेकाले विदेश सचिव क्वात्राले नवीकरणको विषय उठाएका हुन् । रेलवे सञ्चालनका लागि नेपाली प्राविधिक जनशक्तिलाई तालिम दिएर दक्ष बनाउन सके उनीहरूले नै नेपालमा रेलवे अपरेसनको काम गर्न सक्ने क्वात्राले बताएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?