जनयुद्धको विरोध गरेको भन्दै द्रब्य शाह बहुमुखी क्याम्पसका प्रमुखमाथि हातपात

लोकपथ
217
Shares

गोरखा । जनयुद्ध दिवसको विरुद्धमा लेखेको भन्दै गोरखाको द्रब्य शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात भएको छ ।

मंगलबार बिहान माओवादी केन्द्र निकट विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) का जिल्ला अध्यक्ष विष्णु पाण्डेसहितको टोलीले दुवाडीमाथि हातपात गरेका हुन् ।

जनयुद्धको विरुद्ध सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर आफूमाथि अमानवीय व्यवहार भएको दुवाडीले लोकपथलाई जानकारी दिए ।

सरकारले जनयुद्ध दिवसमा बिदा दिएसँगै दुवाडीले सामाजिक सञ्जालमा ‘कथित जनयुद्ध शब्दलाई वैधानिकको धृष्टता गर्ने सरकार मुर्दाबाद’ लेखेका थिए ।

त्यसपछि अखिल क्रान्तिकारी क्याम्पस कमिटीले त्यसको विरुद्धमा सोमबार नै विज्ञप्ति निकालेर विरोध जनाएको थियो ।

सोही विषयमा छलपल हुँदैगर्दा आफुमाथि एक्कासी हातपात भएको उनले बताए ।

‘नेपालको संविधानले जनयुद्धलाई अवैधानिक ठहर गरेको विषयमा मैले आफ्नो धारणा राख्दा ममाथि मेरो आफ्नै कार्यकक्षमा म माथि हातपात भयो ।’ उनले भने ।
उनी आफू द्धन्द्धपीडित रहेकाले सो शब्दप्रति आफ्नो आपत्ति रहेको उनले बताए । ०५८ साल पुस २ गते माओवादीले आक्रमण गरि हत्या गरेको थियो । त्यसपछि निरन्तर आफूहरुले न्यायको लडाँई लढिरहेको उनले बताए ।

उनीमाथि आक्रमण भएपछि शिक्षक संघ लगायत संस्थाले विरोध जनाएको छ । भने क्याम्पस सञ्चालक समितिको बैठकले बसेर कानुनी उपचार खोज्ने विषयमा छलफल भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?