बीबीसीको दिल्ली कार्यालयमा छापा, पत्रकारको फोन पनि नियन्त्रणमा

लोकपथ
182
Shares

काठमाडौं । भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को दिल्लीस्थित कार्यालयमा छापा हानेको छ ।

त्यसक्रममा बीबीसीमा कार्यरत सबै कर्मचारीको मोबाइल फोनसमेत कब्जामा लिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । छापा मार्नका लागि ६० देखि ७० जनाको टोली पुगेको जनाइएको छ ।

छापा मार्ने क्रममा कर्मचारीलाई भित्र आउन र भित्र भएकालाई बाहिर जान पनि रोक लगाइएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा केही समयअघि बीबीसीले एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रप्रति असन्तुष्ट मोदी सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि नै प्रतिबन्ध लगाएको थियो ।

मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाबारे बनाइएको वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक गरिए पनि तत्कालै सरकारले बन्द गरिदिएको थियो ।

बीबीसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिंक र सामाजिक सञ्जालका खाताहरू बन्द गर्न भारतको सूचना तथा प्रशारण मन्त्रालयले निर्देशन दिएको थियो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त भिडियोको यूट्युब लिंक र लिंक शेयर गर्ने करिब ५० वटाभन्दा बढी ट्वीटर खाताहरू भारत सरकारले रोकिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?