बालाजु प्रहरी वृत्तका डीएसपी विष्टलाई जिम्मेवारीबाट हटाइयो

लोकपथ
26
Shares

काठमाडौं । प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा कमजोर सुरक्षा व्यवस्थापन गरेको आरोपमा उनको जिम्मेवारी खोसिएको हो ।

आन्दोलनकारीहरुले बालाजु प्रहरी प्रमुख डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी गरेका थिए । त्यस्तै आन्दोलनकारीहरुले प्रहरीको अर्को भ्यानमा पनि आगजनी गरेका थिए ।

सोही तनावपछि विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाएको छ । उनको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?