पूर्वप्रधानमन्त्री नेपालसँग भारतीय विदेशसचिव क्वात्राको भेट

लोकपथ
28
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् ।

क्वात्राले मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटघाट गरेका हुन् ।

सो क्रममा विविध विषयमा छलफल भएको थियो ।

आइतबार नेपाल आइपुगेका क्वात्राले यसअघि राष्ट्रपति प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गरिसकेका छन् । उनी आजै स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?