रास्वपाले थप्यो १६ केन्द्रीय सदस्य (सूचीसहित)

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १६ जना नयाँ सदस्य थप्दै केन्द्रीय समिति विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थपेको हो ।

सिफारिस भएका करिव एक सय जनाको नामबाट कार्यदलले टुंग्याएका १६ जनालाई मनोनित गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

मनोनित गरिएमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ छन् ।

यसैगरी, टीका संग्रौला (ज्वाला), हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।

योसँगै केन्द्रीय समिति ४० सदस्यीय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?