काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।
बैठकमा पूर्व सहमति अनुसा गृहमन्त्रालय पाएमा मात्र सरकारमा सामेल हुन सक्नेबारे छलफल भएको थियो ।
बैठकपछि बोल्दै पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘थप सहमति नभएकाले सरकारमा जाने बचन दिएका छैनौं । नयाँ सहमति भयो भने सरकारमा जाने हुनसक्छौं ।’
गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया