माछापोखरी–गोँगबु एरियामा आन्दोलनले उग्र रुप लिँदै

लोकपथ
112
Shares

काठमाडौं । ट्राफिक नियमविरुद्ध आन्दोलनरत यातायात व्यवसायी र मजदुरहरुको आन्दोलनले झनै उग्र रुप लिएको छ ।

सोमबार दिउँसैबाट चर्किएको आन्दोलन साँझसम्म आइपुग्दा झनै उग्र बनेको हो ।

विभिन्न मागसहित गोँगबु, माछापोखरी एरियामा आन्दोलनरत व्यवसायी तथा मजदुरहरुले २ वटा प्रहरीको भ्यानसमेत जलाएका छन् । भने माछापोखरी चोकमा रहेको ट्राफिक बुथ समेत तोडफोड गरेका छन् ।

ढुंगामुढा हुँदा केही प्रहरी समेत घाइते भएका छन् । आन्दोलनलाई नियन्त्रणलाई लिन प्रहरीले हवाइ फायरस समेत गरेको छ ।

सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।

आफ्ना मागहरु पूरा नभएमा भोलि उपत्यकामा यातायात सेवा बन्द गर्ने चेतावनी व्यवसायी र मजदुरहरुले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?