१५ मङ्सिर २०७८, बुधबार

इजलास गठनपछि गाउँसम्मै पुग्यो न्याय

२०७४,कार्तिक,६,सोमवार ०१:३१

0
Shares

काठमाडौँ, ६ कात्तिक – स्थानीय सरकार सञ्चालनसम्बन्धी ऐन कार्यान्वयनमा आएसँगै गाउँ तथा नगरपालिकामा न्याय सम्पादनका लागि इजलास गठन हुन थालेका छन् ।इजलास गठनसँगै स्थानीयवासीले आफ्नै गाउँठाउँबाट न्यायिक सेवासमेत प्राप्त गर्न थालेका छन् ।संविधानको धारा २१७ मा गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति निर्माण गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै देशका ७५३ वटै स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति निर्माण गरी न्याय दिने (कक्ष इजलास) समेत निर्माण गरी गाउँ र नगरबाटै न्यायिक सेवा प्रदान गरिएको हो । गाउँपालिका महासङ्घ ३ नं. प्रदेशका संयोजक ईश्वरचन्द्र पोखरेलले अहिले सबै स्थानीय तहमा न्यायिक समिति निर्माण गरिएको बताए । उनले ऐन कार्यान्वयनमा आएसँगै स्थानीयवासीले आफ्नै गाउँ र नगरबाट न्याय प्राप्त गर्न थालेको बताए ।स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएअनुसार आलीधुर, बाँध, कुलो, पानीघाटको बाँडफाँट तथा उपयोग, अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद, ज्याला, मजदुरी नदिएको, घरपालुवा पशुपक्षी हराएको, ज्येष्ठ नागरिक पालनपोषण तथा हेरचार नगरिएका सम्बन्धी विवाद स्थानीय तहबाटै समाधान हुनेछ, गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार ०१:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

राष्ट्रपतिबाट एक साथ ६ वटा अध्यादेश जारी
 २०७८,मङ्सिर,१५,बुधबार १९:२५