काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले जनयुद्ध दिवसका अवसरमा बिदा दिएकोप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रवक्ता महतले जनयुद्ध दिवस भनेर माओवादीले पार्टी तहमा आफ्नै ढंगले मनाउनु स्वभाविक भए पनि सार्वजनिक बिदा नै दिनु उचित नहुने बताए ।
‘जनयुद्ध दिवस भनेर माओवादीले पार्टी तहमा आफ्नैढंगले मनाउनु छुट्टै कुरा हो । राष्ट्रिय दिवसको रुपमा मान्यता दिनकालागि राष्ट्रिय जीवनका महत्वपूर्ण पक्षहरुबीच छलफल भई अधिकांश पक्षहरुले आत्मसात गरेको हुनुपर्दछ ।’ उनले भनेका छन् ।
त्यस्तै सरकारले कुनै छलफल नै नगरी हतारमा निर्णय गरेको उनले बताए । जसको कारण राष्ट्रिय दिवसको महत्व नै हलुका हुने उनको टिप्पणी रहेको छ ।
‘सरकारको यो निर्णय यसो नगरी हतारमा गरेको देखिन्छ । यसले राष्ट्रिय दिवसको महत्वलाई हलुका गर्दछ ।’
सरकारले आज सार्वजनिक बिदा दिने निर्णयको सत्ता पक्षबाटै आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया