काठमाडौं । नेपाल–भारत विदेश सचिवस्तरीय संयन्त्रको बैठक सकिएको छ ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र परराष्ट्र सचिव भरतराज पौडेलबीचको बैठक सकिएको हो ।
होटल याक एन्ड यती होटलमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो ।
आधा घण्टासम्म चलेको छलफलमा के के विषयमा कुराकानी भयो भन्ने विषय अहिले खुलाइएको छैन । परराष्ट्र मन्त्रालयका सचिव पौडेलको निमन्त्रणमा विदेश सचिव क्वात्रा दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् ।
संयन्त्रको बैठकमा सीमा सम्बन्ध, वातावरण, पर्यटन, यातायात लगायतका विषयमा छलफल गर्ने तय भएको थियो । ती विषयमा के कस्तो छलफल भयो भन्ने बाहिर आइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया