गोविन्दराज जोशीलाई सफाई दिएको छैन : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस नेता गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा सफाई दिएको भन्दै केही सञ्चारमाध्यमले समाचार प्रवाह गरेपछि हंगामा भएको छ ।

तर, जोशीलाई सर्वोच्चले कुनै सफाई नदिएको पुष्टि भएको छ । 

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जोशीलाई सफाई दिनेबारे कुनै निर्णय नभएको भन्दै गोविन्द प्रसाद पोखरेल नामका व्यक्तिलाई चाहिँ सफाई दिएको  सफाई दिइएको बताए ।

झुठा विवरण एवं कागजातका आधारमा कर्जा लिनु दिनु गरि भ्रष्टाचार गरेको आरोप लागेका जोशीलाई सर्वोच्चका न्यायधीशहरु  शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले सफाइ दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?