१६ चैत्र २०७९, बिहीवार

हुण्डाइले ल्यायो विद्युतीय गाडीमा अफर

२०७९,फाल्गुन,१,सोमवार १५:३९

81
Shares

काठमाडौं । नेपालका लागि हुण्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टलले आफ्नो विद्युतीय गाडी कोना तथा आयोनिक ५ को खरिदमा नयाँ अफरसार्वजनिक गरेको छ ।

‘वान मोर रिजन टु गो इलेक्ट्रिक’ नारासहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोना तथा आयोनिक ५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको वाशिङ्ग मेशिन उपहार प्राप्त गर्न सक्नेछन् ।

समय सापेक्ष योजनाहरु मार्फत आफ्ना ग्राहकहरुको मन जित्न कम्पनीले योजनाहरु बजारमा ल्याउँदै आएको जनाएको छ्र ।

अहिलेको आवश्यकता अनुरुप विद्युतीय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्द्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

हुण्डाइका यी गाडी नेपालको विद्युतीय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा आउँछ । यी दुवै उत्पादनहरुले ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीले जनाएको छ ।

विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टलले आक्रामक रूपमा चार्जिङ्ग स्टेसनहरुको निर्माण गरिरहेको छ । विद्युतीय गाडीको विक्री वितरणमा हुण्डाईले थापाथलीमा शोरूम संचालन गरेर नयाँ कारोबार गर्दै आएको छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा समेत दिँदै आएको छ ।

प्रकाशित मिति: २०७९,फाल्गुन,१,सोमवार १५:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ ।

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक

काठमाडौं । नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा एआइएमएले नेपालमा आफ्नो विभिन्न मोडेलका स्कुटरहरुमा बम्पर छुटको अवसर ल्याएको छ । यो

काठमाडौं । आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अङ्कले

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२