क–कसलाई भेट्दैछन्, भारतीय विदेश सचिव क्वात्राले ?

लोकपथ
26
Shares

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार (आज) नेपाल आइपुगेलगत्तै राजनीतिक भेटवार्ता थालेका छन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा नेपाली समकक्षी भरतराज पौड्याललाई भेटेर संवाद थालेका उनी दुई देशबीच द्विपक्षीय भेटवार्तामा पनि बसेका छन् ।

सोमबार नै क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम छ ।

यसका साथै क्वात्राले सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने छन् ।

मंगलबार भने उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

नेपालमा राष्ट्रपति निर्वाचन सम्मुख रहेका बेला भारतीय विदेश सचिव क्वात्रा नेपाल भ्रमण आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?