पार्टीले ‘युज एण्ड थ्रो’ गरेको भन्दै विमला वलीले त्यागिन् माओवादी केन्द्र

लोकपथ
98
Shares

काठमाडौं । लुम्बिनी प्रदेशकी निर्वतमान प्रदेश सभा सदस्य एवं नेकपा माओवादी केन्द्रकी नेतृ विमला कुमारी खत्री (वली) ले पार्टी परित्याग गरेकी छिन् ।

पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी उनले गत माघ २४ गते नै माओवादी केन्द्र दाङका अध्यक्षलाई पत्र पठाउँदै राजीनामा दिएकी हुन् ।

आफूलाई पार्टीले ‘युज एण्ड थ्रो’ मात्र गरेर अपमान गरेको भन्दै पार्टी परित्यागको अवस्थामा पुगेको बताएकी छिन् ।

सरकार परिवर्तन भइ आफ्नै नेतृत्वमा सरकार बन्दा पनि माओवादी पार्टीले कुनै वास्ता नगरेको उनको गुनासो छ ।

‘मलाई पार्टीले युज एण्ड थ्रो गरेको अनुभूती भयो । यत्रो सरकार नै परिवर्तन गराई हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माणमा खेलेको भूमिकाको कुनै ख्याल नगरी अहिले कुनै वास्ता नै नगर्ने, कुनै कमिटीमा नजोड्ने जस्ता कार्यले म प्रति अपमान गरेको अनुभूती भएको छ । त्यसैले आजैको मितिबाट म माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गर्दछु ।’ राजीनामा पत्रमा भनिएको छ ।

०७४ को प्रदेश सभा निर्वाचनबाट निर्वाचित उनका पति उत्तमकुमार वलीको दुर्घटनामा निधन भएपछि उनलाई तत्कालिन नेकपाले उनी उपनिर्वाचनबाट निर्वाचित भएकी थिइन् ।

एमाले माओवादी मिल्नुअघि एमालेमा रहेकी उनी पार्टी विभाजन भएसँगै माओवादी केन्द्रमा रहेकी थिइन् । तर राज्यमन्त्री हुँदा एक पुरुषको घरमा पुगेर महिलामाथि हात हालेपछि उनलाई राज्यमन्त्रीबाट हटाइएको थियो । तर सो प्रकरणमा पनि पार्टीले कुनै पनि सहयोग नगरेको उनको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?