बिदाबारे शेखरको प्रश्न : ‘नेपाली जनतालाई के सन्देश दिन खोजेको ?’

लोकपथ
21
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले जनयुद्ध दिवसमा आज दिएको सार्वजनिक बिदा प्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले प्रधानमन्त्रीले सार्वजनिक बिदा कटौटी गर्ने उद्घोष गरे पनि बिदा थपेको भन्दै आपत्ति जनाए ।

त्यसैगरी नेता कोइरालाले संविधानले नै नचिनेको विषयमा बिदा दिइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

एनले लेखेका छन्, ‘ एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?’

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिब बिदा दिने निर्णयसँग यतिबेला सामाजिक सञ्जालमा त्यसको प्रतिक्रिया आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?