नेकपा नेता रिमालको अनुरोध : आत्मनिन्दा नगरौँ

काठमाडौं । सतारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता विष्णु रिमालले पार्टी नेतृत्वको आत्मनिन्दा हुन आवश्यक नभएको बताएका छन् । 

बिहीवार बसेको पार्टी स्थायी कमिटी बैठकमा नेकपा स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका रिमालले सो कुरा बताएका हुन् । 

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथिको छलफलमा आफ्नो धारणा राख्दै रिमालले आत्मालोचना गर्नु आत्मनिन्दा हुनु भएको भन्दै यो विनम्रता देखाउन आवश्यक नभएको बताएका हुन् ।

‘यस्तो बेलामा आत्मानिन्दा हुन उचित हुँदैन । अध्यक्षद्वयको प्रतिवेदनले आफ्नै कमजोरीहरु ल्याउन सक्दैनथ्यो’ उनले भने । 

साथै उनले देशमा संक्रमणकालका बेला ‘रास्कल आउट’ अर्थात ‘खराब मान्छेहरु बाहिर निकाल’ हुन नसक्ने समेत बताए ।

बैठकमा नेकपा नेताहरु विष्णु रिमालसहित किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल र मातृका यादवले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?