नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

लोकपथ
28
Shares

काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक बसेको छ । केहीबेरअघि होटल याक एण्ड यतिमा बैठक शुरु भएको हो ।

सोमबार काठमाडौं आइपुगेलगत्तै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी भएका हुन् । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालसचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा उनीहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने जनाइएको छ ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको उनको यो पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारत र नेपालबीच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध छ । यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ । यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

क्वात्रा परराष्ट्रसचिव क्वात्राको निमन्त्रणमा दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?