काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा मेडिकल कलेज) कैलाली पुगेका छन्।
२०६५ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा उनले सुदूरपश्चिमको गेटामा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए।
आइतबार प्रधानमन्त्रीले सुदुरपश्चिमका जनप्रतिनिधिहरुसँग संयुक्त बैठक गरि यसलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न शिक्षामन्त्रीसमेतको हैसियतले उक्त प्रस्ताव क्याबिनेटमा पेश गर्न स्वीकृती प्रदान गरेका थिए ।
उक्त निर्णयले नेपालमा स्वास्थ्य शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न र जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया