काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले अन्य वामपन्थी शक्तिहरुसँग मिलेर दलाल पुँजीवादको अन्त्य गर्नुपर्ने बताएका छन् ।
सोमबार २८औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् ।
त्यसैगरी उनले जनयुद्ध दिवस नेपाली श्रमिक जनताको गौरवपूर्ण पर्व भएको दाबी समेत गरेका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गर्यो । किसान, मजदुर, महिला श्रमिक समुदाय, जनजाति, मधेसी, आर्य, मुश्लिम सबैलाई एकताबद्ध गरेर विद्रोहमा परिचालित गर्यो र एकस्तरको मुक्ति दिलायो । हामी नेपालमा नयाँ जनवादी सत्ता स्थापना गरेर वैज्ञानिक समाजवादतिर अगाडि बदन चाहन्थ्यौं तर भूमण्डलीकृत पूँजीवाद, दलाल पूँजीवाद र संशोधनवादा पहयन्त्रका कारण हाम्रो त्यो लक्ष्य पुरा हुन पाएन ।’
जारी वक्तव्यमार्फत उनले देशले हाल भयानक संकटको समाना गर्नु परिरहेको भन्दै यसको मूल कारण जनताको हातमा सत्ता पुग्न नसक्नु अर्थात वैज्ञानिक समाजवाद स्थापना हुन नसकेकाले हो भनेका छन् ।
जारी वक्तव्यमा भनिएको छ, ‘देशको कंगालीकरण, नवऔपनिवेशिक अवस्था र अराजकता अग्रगामी निकास पनि दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना गर्नु हो । तसर्थ सम्पूर्ण कम्युनिस्ट, बामपन्थी, प्रगतिशील, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरु एक भएर देशलाई परिवर्तनतिर अगाडि बढाउन एकताबद्ध बनौं ।’
उनले एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादमार्फत देशलाई निकास दिन सकिने भन्दै सबै क्रान्तिकारीहरुलाई एकताबद्ध गर्दै विचार मिल्नेसँग एकता र मुद्दा मिल्नेसँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया