रास्वपाको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दल र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

विभिन्न विषयमा छलफलका रास्वपापले बैठक आह्वान गरेको हो । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बैठक बस्नेछ ।

बैठकमा आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।

नागरिकता विवादमा सर्वोच्चको फैसलापछि पार्टी अध्यक्ष एवं सो क्षेत्रमा रास्वपाबाट प्रतिनिधित्व गर्ने रवि लामिछाने पदमुक्त भएका छन् ।

त्यससँगै रिक्त ठाउँमा निर्वाचनका लागि आयोगले आगामी वैशाख १० गतेका लागि मिति तोकेको छ । त्यससँगै सो विषयमा रास्वपाले उम्मेदवारका विषयमा समेत छलफल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?