काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गर्नु शक्तिको अधिक दुरुपयोग भएको बताएका छन् ।
उनले यो स्वेच्छाचारी काम भएकोसमेत प्रतिक्रिया दिएका छन् । उनले सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानूनी राज्यमा कहिल्यै दिवस हुन नसक्ने उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुमार्फत् धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘यो त कार्यकारी शक्तिको अधिक दुरूपयोग र स्वेच्छाचारी काम भयो । सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानूनी राज्यमा कहिल्यै दिवस हुन सक्दैन । अब द्वन्द्व पीडितले न्याय पाउँछन् भन्ने पनि केही रहेन ।
यतिबेला सत्ता गठबन्धनका अरू घटकहरू कहाँ छन्, त्यो जान्न मन लाग्यो ! एउटा नेपालीले अर्को नेपाली विरूद्ध गरेको लडाईंलाई दिवस मानी सार्वजनिक बिदा दिने यो सरकारले हामीलाई एकतामा बाध्ने दशैंतिहार जस्ता महान चाडको बिदा कटौती गर्न सक्छ, आजैबाट चनाखो बनौं ।’
आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भोलि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया