पररष्ट्रमन्त्रीसँग नर्वेली राजदूतको भेटवार्ता

लोकपथ
26
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री पौड्यालले नेपालको शिक्षा, स्वास्थ्य, लैङ्गिक सहभागितालगायतका क्षेत्रमा गर्दै आएको सहयोगका लागि नर्वेली सरकारलाई धन्यवाद दिए । सो अवसरमा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिबद्धता जनाएका थिए ।

दक्षिण कोरियाका राजदूत भेट

आजै परराष्ट्रमन्त्री पौड्यालसँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ म्यानले शिष्टाचार भेट गरेका थिए ।

भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्व शान्ति नै नेपाल र नेपालीको चिनारी भएकाले नेपाल सदैव कुनै पनि प्रकारको द्वन्द्वको शान्तिपूर्ण समाधानको पक्षमा उभिने बताइन् । भेटमा राजदूत म्यानले आफ्नो मुलुक शान्तिपूर्ण स्थायित्वको पक्षमा रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?